श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार १७ गते शुक्रबार, १ जुलाई २०२२। नलनाम संवत्सर, असार शुक्लपक्षको द्वितीया तिथि १३ः२८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पुष्य ०४ः१३ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्याेदय ०५ः११ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहसिक काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरूसमेत सहयोगी बन्नेछन् । दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामको उच्च मूल्याङ्कन हुनेछ । लगनशीलताले विशेष अवसर दिलाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारबाट प्रशस्त फाइदा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछि समस्या पर्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हतार गर्ने बानीले केही दुःख पाइनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयमा वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्न सक्नेछन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ । बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ ।