श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार १६ गते बिहीबार, ३० जुन २०२२, नलनाम संवत्सर, असार शुक्लपक्षको प्रतिपदा तिथि, ११ः०९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पुनर्वशु ०१ः२४ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रराशि मिथुन, सूर्योदय ०५ः११ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम प्राप्त हुने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारबाट प्रशस्त फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक क्षेत्रमा नेतृत्व गर्ने सम्भावना छ । व्यापारबाट पनि राम्रै फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम प्रारम्भ गर्न प्रतीक्षा गर्नुहोला। परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । कामको जिम्मेवारी बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गरेमा राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । मिहिनेतको फल प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। व्यापारबाट पनि मनग्य धनलाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको भर पर्नाले काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढ्न सक्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । स्वादिष्ट भोजन प्राप्त हुनेछ ।