श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  १५ गते बुधबार, २९ जुन २०२२ । नलनाम संवत्सर, असार कृष्णपक्ष को औंसी तिथि, ०८ः४२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र आद्र्रा २२ः२६ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्याेदय ५ः११ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अन्योलमा मान्यजनको सुझावले लाभ हुनेछ । प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला। गरेको कामले आशा भने जगाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुनसक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ । दिन राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकसँगको सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुहोला। भौतिक सुविधाले खर्च बढ्न सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्रता र प्रेमको बन्धन कसिनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिवश फाइदा नहुने काममा अलमलिनु पर्ला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आफ्नो क्षेत्रमा समेत कमजोर साबित भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न भौतिक साधनहरू जुटाउन सकिनेछ । बुद्धिको उपयोगले काम सम्पादन हुनेछ ।