श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  १४ गते मङ्गलबार, २८ जुन २०२२। नलनाम संवत्सर, असार कृष्णपक्षको चतुर्दशी तिथि ०६ः१२ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र मृगशिरा १९ः२२ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्याेदय ५ः१० बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । दिन उत्तम छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनाले काममा बाधा पर्नेछ । मिहिनेत अनुसारको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । बाध्यात्मक परिस्थितिले काममा बाधा पु¥याउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आराम तथा मनोरञ्जनको समय छ । प्रियजनसँग दिन रमाइलो गरी बित्ने समय रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार र पेशामा पनि फाइदै हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नु पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । अरूका विषयमा चासो लिने बानीले व्यर्थैमा झमेला बेहोर्नु पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारमा असमझदारी देखिएला । साथीभाइले साथ नदिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइएला ।