श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  १३ गते सोमबार, २७ जुन २०२२।नलनाम संवत्सर, असार कृष्णपक्षको चतुर्दशी तिथि, भोलि  ०६ः१२ बजे सम्म, उप्रान्त आंैसी, नक्षत्र रोहिणी १६ः२०  बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्याेदय ५ः१० बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुनसक्छ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम रोकिए पनि लाभांश प्राप्त भइरहनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महŒवाकाङ्क्षी काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो समयमै राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनु पर्ने समय देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उधारोमा व्यापार गर्नुपर्ला । खर्चको तुलनामा उपलब्धि हासिल नहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला बढाउनेछ ।