श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  १२ गते आइतबार, २६ जुन २०२२। नलानाम संवत्सर, असार कृष्णपक्षको त्रयोदशी  तिथि, भोलि ०३ः४६ बजे सम्म, उप्रान्त चतुर्दशी, नक्षत्र कृत्तिका १३ः२३ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि–वृष, सूर्याेदय ५ः०९ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनु होला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । प्रतिस्पर्धीले हार खानेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारमा असमझदारी देखिएला । साथीभाइले साथ नदिन सक्छन् । दिन सामान्य छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम बिग्रने डरले सताइरहनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महŒवपूर्ण योजना तत्काल सार्वजनिक नगर्नु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साहसिक काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आराम तथा मनोरञ्जनको समय छ। प्रियजनसँग दिन रमाइलोसँग बित्नेछ। जीवनशैलीमा परिवर्तन आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना काम र घरेलु समस्यामा अलमलिनु पर्ने देखिन्छ। काम बिग्रने भय रहला ।