भोजपुरः भोजपुरको षडानन्द नगरपालिकाको सातौ नगर सभा स्थगित भएको छ । गठबन्धन दलका बहुुमत सदस्य उपस्थित नभए पछि शुक्रबार हुने भनिएको नगरसभा स्थगित भएको हो ।

बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरे पछि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट ल्याउन नसकेको मेयर सुरेन्द्र उदासले बताए । बहुमत सदस्यले बहिष्कार गरे पछि नगरसभा अनिश्चित बनेको मेयर उदासको दावी छ ।

यता उपमेयर प्रर्मिला राईले भने बजेटको सिमा निर्धारणका साथै स्थानिय सरकार सञ्चालन ऐन बिपरित बजेट ल्याउन लागिएकाले नगरसभामा अनुपस्थित भएको बताईन ।

उनले भनिन “बजेटको सिलिङ तर्जुमा भएको छैन , बिषयगत सयोजकहरुको पनि टुङ्गो नलागेकाले नगरसभामा सहभागी नभएका हौ , सबै बिषयमा सहमती भए पछि नगरसभा गर्छौ ।”

नगरपालिकामा वडा परिषदहरु समेत नभएको उपमेयर राईको भनाई छ । मेयर उदासले कार्यपालिकाको अधिकारलाई कुण्ठित गर्दै एकलौटी ढगबाट नगरसभा गर्न खोजेको पनि उनले दावी गरेकी छन । 

षडानन्द नगरपालिकामा सत्ता  गठबन्धन दल नेपाली काङग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबाट निर्वाचित सदस्यको बहुमतमा रहेको छ । नगर प्रमुख जितेको नेकपा एमाले भने अल्पमतमा रहेको छ ।