श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार ११ गते, शनिबार, २५ जुन २०२२। नल संवत्सर। असार कृष्णपक्षको द्वादशी तिथि, भोलि भोलि ०१ः३० बजे सम्म उप्रान्त त्रयोदशी, नक्षत्र भरणी १०ः४० बजे सम्म उप्रान्त कृतिका । चन्द्रमाराशि– मेष। सुर्याेदय ५ः०९ बजे र सुर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । परिश्रम परे पनि समय फलदायी रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदा मात्र हेर्दा आलोचित भइनेछ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ । गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ, शुभचिन्तकको सहयोग प्राप्त हुनेछ।