श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  १० गते शुक्रबार, २४ जुन  २०२२। नलनाम संवत्सर, असार कृष्णपक्षको एकादशी तिथि २३ः३१ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्विनी ०८ः१९ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्याेदय ५ः०९ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वचन पूरा गर्न नसक्दा अरूले आलोचना गर्न सक्नेछन् । अनावश्यक विवादमा पर्न सकिएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिले साथ नदिँदा केही कठिनाइ आइपर्ला । अपरान्हतिर स्थितिमा सुधार आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उद्योग र व्यापारबाट विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हड्बड गर्नाले समस्या निम्तिन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्लान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका स्रोत बढ्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मेहनतले प्रतिस्पर्धामा जिताउन सक्छ । दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि नहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।