श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार ८ गते बुधबार, २२ जुन २०२२ । नलनाम संवत्सर, असार कृष्णपक्षको नवमी तिथि, २१ः०२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र उत्तरभाद्र ०५ः१७ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च हुने डरले सताउन सक्छ । विवादबाट टाढा रहनुहोला । अर्थ अभावले पनि काममा बाधा पुग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नु पर्नेछ । गरिएका कामको नतिजा कमजोर रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थताले कमजोर महसुस हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । दिन सामान्य रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ । मिहिनेतले काम सफल पार्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरुषार्थी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय छ। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तारिफयोग्य कामको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायबाट मनग्य फाइदा हुनेछ। विभिन्न अवसरले पछ्याउनेछ भने भविष्यका लागि दिगो फाइदा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पढाइमा ध्यान केन्द्रित हुने र प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा लगानीबाट हुनेछ।