श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  ७ गते मङ्गलबार, २१ जुन २०२२ । नलनाम संवत्सर, असार कृष्णपक्षको अष्टमी तिथि २०ः४६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरभाद्र भोलि ५ः१७ बजेसम्म उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । परिवारजनबाट टाढिनु पर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। धेरै लगानी गरे पनि थोरै मात्र फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खानपानको कारणले स्वास्थ्य प्रतिकूल असर पर्न सक्ला । रोकिएको काम दोहो¥याउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको अवसर प्राप्त हुनेछ । विशेष भेटघाट र शिष्टाचारमा अलमलिनु पर्ने हुन सक्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिवश अध्ययनमा पछि परिनेछ भने व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा देखिएको कमजोरीले आँटेका काममा बाधा उत्पन्न होला । सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हिम्मतले काम बनाउन सकिनेछ । यसअघिको उपलब्धिले काममा उत्साह जगाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना काममा अल्झिनु पर्दा मुख्य काम रोकिन सक्छ । केही समस्याका कारण उत्साहमा कमी आउनेछ ।