श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  ६ गते सोमबार, २० जुन २०२२। नलनाम संवत्सर, असार कृष्णपक्षको सप्तमी तिथि २१ः१७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वभाद्र भोलि ०४ः४९ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायले मनग्य आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । मानसम्मान प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिबन्दले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारमा सजग रहनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ । तारिफयोग्य काम थालनी गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। छिमेकमा असमझदारी बढ्ने हुँदा होसियार रहनुहोला ।