श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार ५ गते आइतबार, १९ जुन २०२२। नलनाम संवत्सर, असार कृष्णपक्षको षष्ठी  तिथि, २२ः३५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र धनिष्ठा  ०६ः१२ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः०८ बजे र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हात लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोटो समयमै राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्च बढ्नेछ । आम्दानीको स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रा कष्टकर र फलदायी बन्ने छैन । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भविष्यका लागि केही वस्तु त्याग्नु पर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धनलाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।