श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार ४ गते, शनिबार, इ.स. १८ जुन २०२२ । असार कृष्णपक्षको पंचमी तिथि भोलि, ००ः३८ बजे सम्म उप्रान्त षष्ठि, नक्षत्र श्रवण ७ः५६ बजे सम्म उप्रान्त धनिष्ठा । चन्द्रमाराशि– मकर। सुर्याेदय ५ः०८ बजे र सुर्यास्त ७ः०१ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। अरूका लागि धन खर्च हुनेछ । आजको लाभांश सञ्चय नहुन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ । खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ । अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ ।