श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  ३ गते शुक्रबार, १७ जुन २०२२ । नलनाम संवत्सर। असार कृष्णपक्षको तृतीया तिथि ०६ः३१ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र उत्तरषाढा १०ः१३ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि–मकर, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला। सेवामूलक कामबाट उपलब्धि प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ । मिहिनेतले नाम, दाम र इनाम आर्जन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आशा देखाउनेहरूको भर पर्दा पछि परिनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी बाहिरिनाले विश्वास गुम्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रबल इच्छाशक्तिले प्रारम्भमा लक्ष्यनजिक पु¥याउनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला । अर्थ अभावले आँटेको काम स्थगित हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गरेमा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। मिहिनेतले लक्ष्यमा पु¥याउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक खर्च बढ्ने देखिन्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुनसक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको मिहिनेतले निकट भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनेछ ।