अनाधिकृत व्यक्ति मन्त्रलय छिरेर बजेट निर्माणकाे क्रममा संलग्न भइ करकाे दर रेट घटाएकाे भन्ने विषयकाे छाविनकाे माग गरिरहेकाे प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बहिस्कार गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दश शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको थियो । अर्थमन्त्रीले जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिस्कार गरेको हो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले उकत दिनकाे सीसी टिभी फुटेज सार्वजनिक गर्न माग गर्दै संसदिय छावीन समिति बनाएर छाविन गर्न माग गरेकाेमा त्ययाे नभएकाेले अर्थमन्त्रीको जवाफ सुन्नुपर्ने कुनै कारण नभएकाे बताउँदै यथास्थितिमा हामी यो सदन बहिस्कार बताएपछि एमाले सांसदहरु बैठकबाट बाहिरिएका छन् । एमालेले बहिष्कार गरेपनि सभामुखले बैठक जारी राखेका छन् ।
                    
        
                                        
                                                                                                
        































