श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल असार २ गते बिहीबार, १६ जुन २०२२, नलनाम संवत्सर, असार कृष्णपक्षको द्वितीया तिथि, १०ः०४ बजेसम्म, उप्रान्त तृतिया, नक्षत्र पूर्वाषाढा १२ः५४ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि– धनु, सूर्योदय ५ः०७ बजे र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गरे व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शरीरमा कमजोरी अनुभूति हुनेछ । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नु पर्नेछ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रगतिमाथि ईष्र्या गर्नेहरूले पनि दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । फाइदाजनक कामकाज गर्नुपर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा राम्रो उपलब्धि हासिल हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । दिन सामान्य बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गरे जटिल कामसमेत सम्पादन हुनेछ। आफन्तले उत्साह जगाउनेछन् ।