श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  १ गते बुधबार, १५ जुन २०२२।नलनाम संवत्सर, असार कृष्णपक्षको प्रतिपदा तिथि, १३ः४९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मूल १५ः४९ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि–धनु, सूर्योदय ५ः०७ बजे र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सामाजिक दायित्व बढ्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्म–कर्म तथा परोपकारमा प्रवृत्त भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला । लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम पूरा नभए पनि दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि, पशुपालन तथा व्यापारबाट प्रशस्त फाइदा हुनेछ । धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा हुनेछ। मिहिनेत गरे पछिका लागि फाइदा हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 अर्थ अभावले सताउन सक्छ । अरूको विवादमा मुछिनाले केही समस्या आइपर्ला ।