श्री शालवाहनीय शाके १९४३ ने. सं.११४२ वि.सं. २०७९ साल जेठ ३१ गते मङ्गलबार, १४ जुन २०२२। नलनाम संवत्सर, ज्येष्ठ शुक्लपक्षको पुर्णिमा तिथि, १७ः३७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र ज्येष्ठा १८ः४६ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि– वृश्चिक, सूर्योदय ५ः०७ बजे र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। शुभचिन्तकहरूले साथ दिनाले कामकाज पूरा हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर जुटाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । विशेष अवसर प्राप्त हुनाले मन प्रसन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
असल कर्मका कारणले मान, प्रतिष्ठा आर्जन हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रकम सञ्चिति बढ्नुका साथै अध्ययनमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य लाभ हुनेछ । व्यापारबाट लाभ बढ्नाले मन उत्साहित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो काम प्रारम्भ हुन सक्छ। श्रमको उचित मूल्य पाइनेछ । रकम सञ्चिति बढ्नुका साथै अध्ययनमा प्रगति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ । उधारोमा व्यापार गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च लागे पनि टाढाको यात्रा गर्ने अवसर आउनेछ । माया मारेको धन फिर्ता हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसर आए पनि काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ ।