श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ ३० गते सोमबार, १३ जुन २०२२ । नलनाम संवत्सर। ज्येष्ठ शुक्लपक्ष को चतुर्दशी तिथि, २१ः१६ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र अनुराधा २१ः३६ बजेसम्म, उप्रान्त  ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्याेदय ५ः०७ बजे र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धि होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछ। मिहिनेत अनुरूप सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका समस्या सुल्झाउन अलमलिनु पर्ला। अभाव टार्दैमा समय बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आध्यात्मिक चेतनाले धर्म–कर्म र सेवामा प्रवृत्त गराउनेछ । कामको यश लिने सौभाग्य प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भविष्यका लागि कर्म गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफल भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुरानो समस्या सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछन् । उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउने चेष्टा गर्नेछन् । चुनौतीपूर्ण जिम्मेवारी आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम प्राप्त हुनेछ। खर्च भने बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भैपरी आउने कामले रकम बाहिरिन सक्छ। अपरान्हतिर टाढाको यात्रा हुने सम्भावना देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ। केही दौडधुप गर्नुपरे पनि काम बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । दिन सामान्य छ ।