श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ २९ गते आइतबार, १२ जुन २०२२ । नलनाम संवत्सर, ज्येष्ठ शुक्लपक्षको त्रयोदशी भोलि ००ः३९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र विशाखा  ००ः०९ बजेसम्म, उप्रान्त  अनुराधा, चन्द्रमाराशि वृश्चिक, सूर्याेदय ५ः०७ बजे र सूर्यास्त ०७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनु होला । केही समयपछि समस्या सुल्झनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक दायित्व बढ्नेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउने समय देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रम परे पनि सानो प्रयत्नले लक्ष्यमा पु¥याउनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। अवसरका लागि केही जिम्मेवारी वहन गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयमा लगनशील बन्न नसक्दा अलि पछि परिनेछ । नयाँ जिम्मेवारी पाउने समय रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ जिम्मेवारी पाइनेछ । तर, उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्र्धीलाई व्यवहारले उछिन्न सकिनेछ । अप्ठ्यारो समयमा अग्रजहरूले साथ दिनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्ना सामानमा अरूले दाबी गर्न सक्नेछन् । यात्रा गर्दा धनमालको सुरक्षामा ध्यान दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ।