श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ २७ गते शुक्रबार, १० जुन २०२२। नलनाम संवत्सर, ज्येष्ठ शुक्लपक्षको दशमी तिथि १०ः४१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र चित्रा भोलि ०३ः४७ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमाराशि–तुला, सूर्याेदय ५ः०७ बजे र सूर्यास्त ६ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै मित्रताको बन्धन कसिलो हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको चाप बढ्नेछ भने गरेको काम स्थगित हुनसक्छ। श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वादविवादले मन खिन्न तुल्याउनेछ । स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेत गर्दा तारिफयोग्य काम सम्पादन हुनेछ । नयाँ जिम्मेवारी र व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशेष अवसरले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले विशेष अवसर दिलाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिफलका लागि समय पर्खनु पर्नेछ । कामको लगानी अरूका लागि खर्च हुन सक्छ । सामान्य आम्दानी रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर जुट्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सट्टापट्टा तथा चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । मिहिनेतले सफलता दिलाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ । रोकिएको काम बन्नेछ भने कामको राम्रो मूल्याङ्कन हुनेछ।