श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल जेठ २६ गते बिहीबार, ९ जुन २०२२।नलनाम संवत्सर, ज्येष्ठ शुक्लपक्ष को नवमी  तिथि, ०८ः२६ बजेसम्म उप्रान्त दशमी, नक्षत्र हस्ता भोलि ०४ः३८ बजेसम्म, उप्रान्त  चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः०७ बजे र सूर्यास्त ६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शत्रु बढ्ने र अनावश्यक झमेलामा पर्न सकिनेछ, तर राम्रो कर्म गरे शुभ फल पाइनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शिक्षा क्षेत्र तथा बिमा क्षेत्रमा गरिएको लगानी मौलाउनेछ भने धातुमा गरेको लगानीबाट राम्रो प्रतिफल नपाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ । खर्च बढ्ने योग भए तापनि उचित फल पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक जमघट तथा मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ । अधुरा कामहरू बन्नाले मन प्रसन्न रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा समस्या आउन सक्छ । खानपानमा विशेष ध्यान दिनुहोला । दिन सामान्य बित्नेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईंको आजको दिन निकै फलदायी रहनेछ । काम गर्ने जोस, जाँगरमा कमी आउने छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुनै रचनात्मक कार्यमा अग्रसर भइनेछ । आफन्तजनको सहयोग पाइने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रुहरू बढ्नेछन् । बिहानैदेखि मनमा तनाव हुनेछ । खर्च बढ्ने योग छ । स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक जमघट तथा मिष्ठान्न भोजनको अवसर प्राप्त होला । अधुरा कामहरू बन्नाले मन प्रसन्न रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्रा गर्दा सावधानी अपनाउनु होला । सावधानी अपनाई कामकाज गरे राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन पनि लाभकारी देखिन्छ । अरूको पछि लाग्नुभन्दा पनि आफ्नै परिश्रमको भर पर्नु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारबाट फाइदा हुनेछ ।