श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ २३ गते सोमबार, ६ जुन २०२२। नल संवत्सर। ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथि, ०६ः५८ बजेसम्म उप्रान्त सप्तमि, नक्षत्र मघा भोलि ०२ः३९ बजेसम्म उप्रान्त  पुर्व फाल्गुनी  । चन्द्रमाराशि–सिंह, सुर्याेदय ५ः०७ बजे र सुर्यास्त ६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनको क्षेत्रका कार्यमा सकारात्मक सोच बढ्नेछ अध्ययन, चिन्तन र सिर्जनात्मक काममा समय जानेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार–व्यवसायबाट प्राप्त भएको धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नु हुनेछ । आज मान सम्मान प्राप्त हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तान र स्त्री जातिको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको सम्झना गर्नुहोला । ध्यान, साधना र मौनको आवश्यकता देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा प्रसन्नता र उत्साह बढ्नेछ । तपाईले कुनै नयाँ कामको शुरुवातसमेत गर्न सक्नु हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मानसिक असन्तोष र तपाईले सोचे अनुसारको काम नहुँदा चिन्ता हुन सक्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्त्री जातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नु भएको छ भने सोच अनुसारको प्रतिफल प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन अध्यात्म कार्यको लागि समय दिनुहोला । भजन र कीर्तन श्रवण गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै नयाँ कामको लागि तपाईलाई प्रस्ताव आउन सक्छ । कार्य जिम्मेवारपूर्ण ढंगले गरेमा सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आश्वासन दिनेहरूले प्रतिवद्धता पूरा नगर्न सक्छन् । तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ ।