श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ २२ गते, आइतबार, ५ जुन २०२२ । नल संवत्सर । ज्येष्ठ शुक्लपक्ष को पञ्चमि तिथि, ५ः१२ बजे सम्म उप्रान्त षष्ठि, नक्षत्र अश्लेषा भोलि  ००ः४१ बजेसम्म उप्रान्त मघा । चन्द्रमाराशि–कर्कट । सूर्योदय ५ः०७ बजे र सुर्यास्त ६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति अनुकूल देखिए पनि नजिकका व्यक्तिबाट आँटेको काममा बाधा पुग्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूले गलत कदम उठाउनबाट जोगाउन सक्छन् । अरूको हस्तक्षेपले कालान्तरमा फाइदा पुग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुखद् समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पु¥याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य काममा धन र श्रम खर्चनु पर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ।   

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि अध्यात्मभाव जागृत हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटले काम लिन नसक्दा केही पछि परिनेछ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका कमजोरी बाहिर आउनाले समस्या पर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने छन् ।