श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ २० गते शुक्रबार, ३ जुन २०२२। नलनाम संवत्सर, ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि, भोलि ०३ः०१ बजेसम्म उप्रान्त पञ्चमी, नक्षत्र पुनर्वशु १९ः२२ बजेसम्म, उप्रान्त  पुष्य, चन्द्रमाराशि मिथुन, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ६ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
ढिलासुस्तीले काम बिग्रनुका साथै सुनौलो मौकासमेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा विवाद आउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्वाकाङ्क्षी योजना विस्तारै फलदायी हुनेछन् । पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अप्रिय समाचारले मन खिन्न हुनेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक कामबाट सामान्य फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा अवरोध आउन सक्छ। सन्तान वा शुभचिन्तकहरूको सल्लाह, सहयोगले फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गरेमा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेहनत गर्दा समस्याकै बीच विशेष काम सम्पादन हुन सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ। अर्थ अभावले योजना स्थगित हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा लक्ष्य अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्य उपचारमा खर्च हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लेनदेनको विवादले हानि पु¥याउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी भने बढ्ने देखिन्छ ।