श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं.२०७९ साल जेठ १९ गते बिहीबार, २ जुन २०२२।नलनाम संवत्सर, ज्येष्ठ शुक्लपक्ष को तृतीया तिथि भोलि ००ः३७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र आद्र्रा १६ः२१ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ६ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्नाले धेरै फाइदा हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ सिर्जनात्मक लेखनको काममा लाग्नुहोला । अध्ययन–अध्यापनमा सफलता प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सोचेअनुसारको काममाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्राप्त गरेको धनलाई केही मात्रामा भए पनि अध्यात्मसेवामा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गरिरहनुभएको कामबाट धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । आजको दिन तपाईंले सोचेअनुसारको काम बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउन सक्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार–व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा उपलब्धिमूलक हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ वस्त्र, आभूषण तथा दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापार–व्यवसायबाट बढी फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तपाईंलाई शत्रुलेसमेत सम्मान गर्नेछन् । आयभन्दा व्यय बढी हुने भएकाले सोचेर खर्च गर्नु गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 कुनै शुभकार्य गर्दा उपयुक्त हुनेछ । फलदायी यात्राको योग देखिन्छ । दिन सामान्य बित्नेछ ।