श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ १८ गते बुधबार, १ जुन २०२२ । नलनाम संवत्सर, ज्येष्ठ शुक्लपक्षको द्वितीया तिथि, २२ः०६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र मृगशिरा १३ः१७ बजेसम्म, उप्रान्त  आद्र्रा, चन्द्रमाराशि– मिथुन, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ६ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गर्दा अवसर प्राप्त हुने र मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा असमझदारी देखिएला । मान–सम्मानमा आघात पुग्ने सम्भावना देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । फजुल खर्च बढ्नेछ र काममा केही उल्झन आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नै वचनले समस्या निम्त्याउन सक्छ। व्यवसायमा श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नु पर्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको उच्च मूल्याङ्कन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेशाबाट राम्रै फाइदा हुनेछ ।