विजयपुर । जनकल्याण प्रतिष्ठान अन्तर्गत (बाल संस्कार केन्द्र) धरानमा एकल विद्यालय नगर महिला समिति  गठन भएको छ ।

आइतबार धरान १२ गिता मन्दिर भेलामा आरती अग्रवालको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा श्वेता , अग्रवाल, द्धितिय उपाध्यक्षमा सारिका अग्रवाल, सचिवमा कविता अग्रवाल, कोषाध्यक्षमा अलका अग्रवाल, सङ्गठन सचिवमा शीतल सोनी र प्रचार सचिवमा सुधा सोनी रहेका छन् ।

त्यस्तै समितिको सांस्कृतिक सचिवमा अनुराधा अग्रवाल र मोनु अग्रवाल रहेका छन् । समितिको कार्यकारिणी सदस्यहरूमा निर्मला अग्रवाल, सोभा अग्रवाल, पूजा अटल, स्नेहा अग्रवाल, शीतल देवसरिया, पिङ्की अग्रवाल सिङ्घल, रीता अग्रवाल, हनी अग्रवाल, उमा अग्रवाल र रेखा अग्रवाल रहेका छन् ।

समितिको संरक्षक अनिता अटल रहेकी छिन् भने सल्लाहकार उषा अग्रवाल र रेखा अग्रवाल रहेका छन् । एकल विद्यालय सुनसरीका अध्यक्ष विनोद अग्रवाल, विभिन्न संघसंस्थाका पदाधिकारीहङको उपस्थिति रहेको अध्यक्ष आरती अग्रवालले जानकारी दिइन् ।