श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ १७ गते, मङ्गलबार, ३१ मे २०२२। नल संवत्सर । ज्येष्ठ शुक्लपक्ष को प्रतिपदा तिथि, १९ः३७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र रोहिणी  १०ः१७ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि–वृष, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ६ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तपाईंका लागि आजको दिन नयाँ विचार तथा सिर्जना लिएर आउनेछ । मनमा सेवाको भाव आउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाईंको खुट्टा तान्नेहरूको कमी हुने छैन । बोल्दा सावधानी अपनाउनु होला । शुभसमाचार सुन्न पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन तथा अध्यापनमा मन जाने समय रहेकोे छ । मान, सम्मान, इज्जत तथा प्रतिष्ठा वृद्धि होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मानसिक तथा शारीरिक रूपमा सबल भइएला । नयाँ कामको थालनी पनि हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान–सम्मान, इज्जत तथा प्रतिष्ठामा वृद्धि होला । दिउँसोपख भने शारीरिक पीडा हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विनाकारण विवादमा परिएला । तपाईंको खुट्टा तान्नेहरू सक्रिय हुनाले बोल्दा सावधानी अपनाउनु होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत परे पनि सोचेको नतिजा प्राप्त नहुन सक्छ । काममा बाधा पुग्न सक्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयमा ध्यान पु¥याउन नसक्दा आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको सफलताले महŒवाकाङ्क्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। मिहिनेत गरेमा नाम, दाम र इनाम हात पार्न सकिनेछ ।