श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल जेठ १६ गते, सोमबार ३० मे २०२२ । नलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको औंसी तिथि १७ः१८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र कृतिका  ०७ः२८ बजेसम्म, उप्रान्त रोहिणी । चन्द्रमाराशि वृष, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ६ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । समय राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारबाट पनि प्रशस्त फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा महŒवपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत बढाउनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भङ्ग हुनुका साथै धन बाहिरिन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो सम्झौता तोड्नुपर्ने हुनसक्छ।