श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल जेठ १५ गते आइतबार, २९ मे २०२२।नलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्ष को चतुर्दशी तिथि, १५ः१४ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र कृतिका भोलि ०७ः२८ बजेसम्म, उप्रान्त रोहिणी,   चन्द्रराशि–मेष, सूर्योदय ५ः०९ बजे र सूर्यास्त ६ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा त्यति समय दिन नसकिएला । ईष्र्या गर्नेहरूले पनि विना कारण सताउन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयमा वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्नेछन्। वादविवाद निम्त्याउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रम गरेअनुसार राम्रो परिणाम प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो सम्झौता तोड्नुपर्ने हुनसक्छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ। मौका आए पनि काम थाल्नुअघि विचार पु¥याउनु होला।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ला । आफ्नै  वचनले पनि समस्या निम्त्याउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनु पर्नेछ। सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभचिन्तकहरूको सद्भाव कायम रहनेछ । व्यापार–व्यवसायबाट प्रशस्त लाभ होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुहरू कमजोर हुनाले फाइदा हुनेछ ।