सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए ।
घाईते मेहेतालाई उपचारको लागी जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
कार्यालयका अनुसार घटनाकाे थप अनुसन्धान भईरहेको छ ।