श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं.२०७९ साल जेठ १३ गते, शुक्रबार २७ मे २०२२। नलनाम संवत्सर, ज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि १२ः०७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अश्विनी भोलि ०२ः४३ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः०९ बजे र सूर्यास्त ६ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनाले कार्य सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइ, लेखाइमा पनि समय दिन नसकिएला ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले थप उत्साह जगाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धामा विजय गराउन सक्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला । दिन सामान्य छ ।