श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल जेठ ११ गते बुधबार, २५ मे २०२२ । नलनाम संवत्सर, ज्येष्ठ कृष्णपक्षको दशमी तिथि १०ः५० बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरभाद्र २३ः३५ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः१० र सूर्यास्त ६ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वैदेशिक यात्राको योग रहेको छ । प्रेमसम्बन्धमा सफलता पाइनेछ । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा सफल भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्याहरू सुल्झाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जग्गा–जमिनको कारोबारबाट लाभ मिल्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै कार्यबोझ बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दूध तथा कृषिजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रा गर्दा मालसामान हराउन सक्ने हुनाले सचेत रहनुहोला । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र डर रहने देखिन्छ । प्रेममा बाधा आउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धि र विवेकको प्रयोग गर्नसके आजको दिनलाई सकारात्मक बनाउने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ । समय राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ । अकस्मात धन प्राप्ति हुनेछ ।