श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल जेठ १० गते मङ्गलबार, २४ मे २०२२ । नलनाम संवत्सर, ज्येष्ठ कृष्णपक्षको नवमी तिथि ११ः०१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वभाद्र २२ः४७ बजेसम्म, उप्रान्त उत्तरभाद्र चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः१० बजे र सूर्यास्त ६ः५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तपाईंका लागि चारैतिरबाट सफलताका मार्गहरू खुल्नेछन् । मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बौद्धिक क्षमताको परीक्षण हुनेछ । मान तथा सफलता वृद्धि हुनेछ । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दण्ड तथा जरिबाना हुनसक्ने योग छ । आफन्त तथा इष्टमित्रबाट धोका होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोल्दा विचार गरेर मात्र बोल्नुहोला । झै–झगडा तथा अनावश्यक खर्च हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शैक्षिक क्षेत्रका कुनै पनि स्थानमा अतिथिको रूपमा सत्कार पाइने योग रहेको छ । दिन राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । पुत्र तथा पत्नीको सहयोगले आजको दिन सुखमय बित्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन तनावपूर्ण रहनेछ । अनावश्यक झुटो आरोप लाग्नेछ । अलि सचेत रहनु होला ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साहस तथा धैर्यताले काम लिनुहोला । मध्यान्हतिर धन प्राप्तिको योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला । धार्मिक तथा सामाजिक कार्यमा मन जाला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपार्इंको शुभकार्यको चर्चा चारैतिर फैलिनेछ । आफन्तको सहयोग मिल्नेछ । दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विपरीतलिङ्गीप्रतिको आकर्षणले तनाव उत्पन्न होला । आफू कमजोर भएको अनुभव होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन सहयोग गर्नेभन्दा आशा गर्नेहरू धेरै होलान् । यात्रा गर्दा सचेत रहनुहोला ।