श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल जेठ ९ गते सोमबार, २३ मे २०२२ । नल संवत्सर जेष्ठ कृष्णपक्षको अष्टमी तिथि ११ः४९ बजे सम्म, उप्रान्त नवमी नक्षत्र शतभिषा २२ः३९ बजेसम्म, उप्रान्त पूर्वभाद्र चन्द्रमाराशि कुम्भ सूर्योदय ५ः१० र सूर्यास्त ६ः५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शेयर बजारमा लगानी गर्दा पछिका लागि फाइदा हुनेछ ।  अकस्मात धनलाभ होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । पहिलेको कार्य सम्पादन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो काम थालनि गर्ने समय छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा शुभचिन्तकहरुले साथ दिनेछन् । हतारमा निर्णय लिदा आफ्ट्यारो पर्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज परिस्थिति अनुकुल बन्नाले महत्वाकांक्षी कामको प्रारम्भ हुनेछ । दिन राम्रो छ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । व्यवसायमा प्रर्याप्त फाइदा हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । केही आम्दानी हुने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएको काम बन्ने छ भने जिम्मेवारी प्राप्त हुनेछ । अकस्मात धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । लामो दुरिको यात्रा कष्टले सफल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हड्डीसम्बन्धी समस्याले सताउन सक्छ । पहिलका कार्यहरु अधुरै रहनेछन् ।