श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल जेठ ८ गते आइतबार, २२ मे २०२२ । नलनाम संवत्सर, ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि १३ः१४ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र धनिष्ठा २२ः५९ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः११ बजे र सूर्यास्त ६ः४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिहानको काम सन्तोषजनक नभए पनि विस्तारै मनको डर हराउनेछ । मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । दिउँसोबाट दिगो काम प्रारम्भ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहपाठीहरू पछि पर्नेछन् भने प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । उच्च व्यक्तिबाट मान, सम्मान पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ । अग्रजको सहयोग लिँदा राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुनै पनि योजना बनाउँदा संयमित रहनु पर्ला । शत्रुहरू परास्त हुने देखिन्छ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट सोचेजस्तो लाभ नहोला । आँखासम्बन्धी समस्याले सताउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सवारी साधन खरिद बिक्री गर्ने योग रहेको छ । यात्रा गर्दा अलि सचेत रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । सामाजिक दूरी कायम गरेर अघि बढ्नु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । वैदेशिक क्षेत्रका कार्य अघि बढ्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 प्रेमसम्बन्धमा सफलता मिल्नुका साथै छोटो दूरीको यात्रा हुनेछ । मन शान्त रहला ।