श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल जेठ ६ गते शुक्रबार, २० मे २०२२ । नलनाम संवत्सर, ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथि १७ः४५ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरषाढा १ः३१ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि धनु, सूर्योदय ५ः१२ बजे र सूर्यास्त ६ः४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
न्यायिक कार्यमा सफलता मिल्नेछ । जोस, जाँगर र हिम्मत बढ्नेछ । दिन राम्रो छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कार्य वा रोजगार प्राप्त गर्ने अवसर मिल्नेछ । महिला वा मित्रजनबाट विशेष सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँटेको र ताकेको कार्य पूरा होला । आय आर्जनका क्षेत्रबाट सुधार आउने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मन प्रसन्न रहला ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निर्णायक क्षमतामा कमी आउने देखिन्छ । स्वास्थ्यसम्बन्धी चिन्ता अलि बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला । सचेत  रहन जरुरी रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुने देखिन्छ ।   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुनर्मिलनको योग रहेको छ । मनोरञ्जनमा सहभागी हुने अवसर प्राप्त होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन खरिद बिक्री गर्ने समय रहेको छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषणजन्य व्यापार–व्यवसायबाट मनग्य आम्दानी होला । यात्रा सफल रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 प्रेमसम्बन्ध सफल होला । रमाइलो यात्राको योग रहेको छ । दिन राम्रो छ ।