श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल जेठ ५ गते बिहीबार, १९ मे २०२२ । नलनाम संवत्सर, ज्येष्ठ कृष्णपक्षको चतुर्थी तिथि २०ः४१ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मूल ८ः५२ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः१२ बजे र सूर्यास्त ६ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर मिलेर पनि कामको मेसो नमिल्दा पछि परिनेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहो¥याउनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अधि बढ्नेछ । चुनौती पन्छाएर काम सफल पार्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी हुने समय रहेको छ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मान, प्रतिष्ठा वृद्धि हुनेछ । आज विशिष्ट व्यक्तिको साथ सहयोग पाइनेछ । मन शान्त रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक कार्यमा मन लाग्नेछ । मनमा डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विना प्रतिस्पर्धा फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम सफल पार्ने समय देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दिन उत्तम रहेको छ ।