श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल जेठ ४ गते बुधबार, १८ मे २०२२ । नलनाम संवत्सर, ज्येष्ठ कृष्णपक्षको तृतीया तिथि २३ः५५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र ज्येष्ठा ८ः२६ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः१३ बजे र सूर्यास्त ६ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । चुनौतीसँग जुध्नु परे पनि अवसर हात पार्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हिम्मत गर्दा कार्य सम्पादन हुनेछ । केही लाभांश गुमाउनु परे पनि पुरानो समस्या सुल्झाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरूको साथले चिताएको काम बन्नेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो कमी कमजोरी सुधार्न केही काम दोहोर्याउनु पर्ला । पारिवारिक भेटघाट हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको सफलताले धन आर्जन हुनेछ । तर, चिताएको काम स्थगित हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । मौका आए पनि काम थाल्नुअघि विचार पुर्याउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हिस्सेदारसँग असमझदारी बढ्नाले समस्या आउन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनको डर उत्साहमा रूपान्तरित हुनेछ । परिवारमा अभिभावकको सहयोग प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्यअनुसार काम सम्पादन हुनेछ । दिन सामान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । समय उत्तम रहेको छ ।