श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल जेठ ३ गते मङ्गलबार, १७ मे २०२२ । नलनाम संवत्सर, ज्येष्ठ कृष्णपक्षको प्रतिपदा तिथि ६ः४४ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र अनुराधा ११ः०२ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः१३ बजे र सूर्यास्त ६ः४६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । अतः सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरानो हिसाब किताब सुल्झाउन समय लाग्नेछ । लगनशीलताले लाभ उठाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनु होला । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लगानी बढाउँदा फाइदा होला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता प्राप्त हुनेछ । अकस्मात् धनलाभ हुनेछ । दिन राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रा गर्दा आफ्ना महŒवपूर्ण सामान हराउन सक्छ । खानपानमा विचार पु¥याउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयआर्जनका स्रोतहरू बढ्नेछन् । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चल–अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरको खोजीमा केही दौडधुप गर्नु पर्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोग निरन्तर प्राप्त होला ।