धरान । विराटनगर–२ मा अवस्थित बूढानिलकण्ठ अङ्ग्रेजी माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रमका साथ २५६६ औं बुद्घ जयन्ती मनाइएको छ ।

कार्यक्रमको सुरुमा नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थी भिक्षुको रूपमा मञ्चको देखा परेका थिए । कार्यक्रममा कक्षा ९ की साम्राज्ञी बस्नेतले शान्तिसँग सम्बन्धित कविता वाचन तथा कक्षा ४ का निर्माण भण्डारीले संस्कृत मन्त्रोच्चारण गरेका थिए ।

कार्यक्रममा  विद्यार्थीहरूले गौतम बुद्घको कथामा आधारित नेपाली भाषाको नाटक प्रस्तुत गरेका थिए । उक्त नाटकमा गौतम बुद्घले दिएका सुखी जीवनसँग सम्बन्धित सन्देशहरू जस्तैः सधैँ सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देश दिइएको थियो ।

उक्त नाटकमा कक्षा पाँचदेखि दस सम्मका  विद्यार्थीहरू कलाकारका रूपमा सहभागी थिए । नाट्य मञ्चनको क्रममा बुद्घको भूमिका कक्षा ८ का कृतार्थ श्रेष्ठ र प्रमुख बौद्ध भिक्षुको भूमिका कक्षा ८ कै विपुल प्रधानले निर्वाह गरेका थिए ।

कार्यक्रमको क्रममा कक्षा २ र ३ का छात्राहरूको ‘फर्कि आऊ शान्ति तिमी’ र कक्षा ६, ७, ८ र ९ का छात्राहरूको ‘शान्ति लुकाउँ कहाँ’ बोलको गीतमा रहेको सामूहिक नृत्य पनि त्यतिकै आकर्षक रहेको थियो । कार्यक्रममा विशेष सहयोग गर्ने शिक्षकद्वय विनोद चौधरी र दीपेन्द्र थापा तथा शिक्षिकाद्वय मञ्जु प्रधान र अस्मिता भट्टलगायत सबैमा स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले धन्यवाद दिएका थिए ।

school-b

no-b