श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल जेठ २ गते सोमबार, १६ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको पूर्णिमा तिथि १०ः०१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र विशाखा  १३ः३३ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला सूर्योदय ५ः१४ र सूर्यास्त ६ः४६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
राजनीतिक कार्यमा सफलता मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्ने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक यात्राको योग रहेको छ । प्रेमसम्बन्धमा सफलता मिल्ने देखिन्छ । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । तीर्थयात्राको योग रहेको छ । दिन सामान्य छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।  अतिथिका रूपमा सत्कार पाइनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । समाजसेवामा मन लाग्ने समय देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन् । अध्ययनमा समय दिन नसकिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 आर्थिक लाभ नहुने जिम्मेवारी बहन गर्नुपर्ला । आफ्ना कमजोरी बाहिर आउन सक्छन् ।