श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल जेठ १ गते आइतबार, १५ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको चतुर्दशी तिथि १३ः०२ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र स्वाति १५ः४९ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः१५ बजे र सूर्यास्त ६ः४५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । तीर्थयात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहपाठीहरूलाई उछिन्दै अवसर प्राप्त गर्न सकिनेछ । खर्च अकस्मात बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । लामो दूरीको यात्रा होला । दिन मध्यम् रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यप्रति रुचि बढ्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम बिग्रनाले प्रतिक्षित नतिजा उत्साहजनक नहुन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुरुमा केही चुनौतीहरू देखिए पनि मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनुका साथै स्थितिमा सुधार आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । प्रियजनसँग भेटघाट हुने समय देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ । तर, आकस्मिक यात्राले नियमित काम रोकिन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विवादास्पद अभिव्यक्तिले समस्या निम्त्याउने हुँदा समयमै होस पु¥याउनु होला ।