श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख ३० गते शुक्रबार, १३ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको द्वादशी तिथि १७ः४२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र हस्ता १९ः०२ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१६ बजे र सूर्यास्त ६ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम पुनः दोहो¥याएर गर्नुपर्ला । वाणीको कारणले पुनःकाम रोकिन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार–व्यवसायमा लगानी गर्ने अवसर रहेको छ । व्यापारबाट प्रशस्त आम्दानी होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्रोत, साधन जुट्नाले गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्ला । यात्रा सफल रहने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु होला । पेटसम्बन्धी समस्याले सताउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुनसक्छ । भूमि तथा पशुपालनबाट लाभ मिल्नेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढिएका आफन्त नजिकिनेछन् । बहुमूल्य मालसामान हराउन सक्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट सोचेअनुरूप सहयोग प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन खरिद बिक्री गर्ने योग छ । तीर्थयात्राको पनि योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । आफन्तजनसँग विशेष भेटघाट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 व्यवसायमा लगानी बढाउने समय छ । आकस्मिक खर्च बढ्नेछ । दिन सामान्य रहेको छ ।