श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख २९ गते बिहीबार, १२ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको एकादशी तिथि १९ः०७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरफाल्गुनी १९ः४३ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१६ बजे र सूर्यास्त ६ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कृषिक्षेत्रको कार्य अघि बढ्नेछ । व्यापार–व्यवसायबाट पनि लाभ मिल्नेछ । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभकार्यको चर्चा र नयाँ कार्यको योजना बन्नेछ । नजिकका व्यक्तिको सहयोगबाट आँटेको काम सफल हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
फलदायी यात्राको योग रहेको छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । दिन राम्रो रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । खानपानमा अलि विचार पुर्याउनु पर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा लगानी गर्ने अवसर रहेको छ । व्यापारबाट प्रशस्त आम्दानी होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हड्डीसम्बन्धी समस्याले सताउन सक्छ । वैदेशिक क्षेत्रको कार्य अधि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्ने देखिन्छ । मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वित्तीय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि मिल्ने योग छ । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 स्रोत, साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । समय राम्रो छ ।