श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख २८ गते बुधबार, ११ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको दशमी तिथि १९ः४७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वफाल्गुनी १९ः४१ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१७ बजे र सूर्यास्त ६ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायमा लगानी गर्ने अवसर छ । व्यापारमा लगानी बढाउनु पर्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनसँग समय बित्नेछ । व्यवसायमा लगानी गर्दा विशेष फाइदा हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरपरिवारमा समस्या आउनेछ । वैदेशिक यात्राको योग रहेको छ । दिन सामान्य छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषणजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । विद्यामा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु पर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसरसमेत जुट्नेछ । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिनको कारोबारबाट सोचेजस्तो आम्दानी नहोला । यात्रा सुखद् रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या आउन सक्छ । दिन सामान्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका कामकाज पुनःसुरु हुन सक्छन् । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सन्तानबाट सहयोग प्राप्त हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मन शान्त रहला ।