श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख २७ गते मङ्गलबार, १० मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको नवमी तिथि १९ः४१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मघा १८ः५४ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१८ बजे र सूर्यास्त ६ः४२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार–व्यवसायले साथ दिनेछ । शुभचिन्तकहरू पूर्ण रूपमा आफ्नै पक्षमा रहनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुने समय रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेममा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षित बढ्ने देखिन्छ । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मन शान्त रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेल र मनोरञ्जनमा सहभागी भइएला । चलाखीपूर्ण बोलीले काम सफल होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय रहेको देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आज धर्म–कर्मप्रति मन बढ्ने देखिन्छ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नै दक्षताले विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय नै हुने देखिन्छ ।