श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख २६ गते सोमबार, ९ मे २०२२ । नलनाम संवत्सर, वैशाख शुक्लपक्षको अष्टमी तिथि १८ः५० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अश्लेषा १७ः२३ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः१८ बजे र सूर्यास्त ६ः४२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ कामकाज सुरु गर्ने समय देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कसैलाई सापटी दिएको रकम फिर्ता हुनसक्छ । परिश्रमअनुसारको फल पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धैर्य एवम् लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामकाजमा अपेक्षाकृत सफलता हात पर्नेछ । धनलाभ पनि हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ व्यवसाय वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । रोकिएका काम सम्पादन हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम जीवन सबल र सफल रहनेछ । अरूलाई प्रभावित पारेर काम सफल पार्ने समय देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार–व्यवसायबाट विस्तारै लाभ हुने सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय पनि देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यापार–व्यवसायमा सफलता मिल्नेछ ।